म एउटा देशको नागरिक हुँ,
यो धरती मेरो घर हो,


नदी, पहाड, तराई र हिमाल
सबैलाई म प्रेम गर्छु।

म एउटा देशको नागरिक हुँ,
माटोको सुगन्ध मेरो श्वास हो,
मेरो सपना, मेरो श्रम
देशकै उज्यालो प्रकाश हो।
म एउटा देशको नागरिक हुँ,
कर्तव्य र अधिकार दुबैसँगै बोकेको,
देशको नियम, कानुन र मूल्य
मनले म सम्मान गरेको।
म एउटा देशको नागरिक हुँ,
कृषक बनेर खेत जोत्न सक्छु,
श्रमिक बनेर पसिना बगाउँछु,
विद्यार्थी बनेर ज्ञान लिन सक्छु।
म एउटा देशको नागरिक हुँ,
शान्ति, मेलमिलाप र प्रेम खोज्छु,
जात, धर्म, भाषा भुलेर
एकताको म गीत गाउँछु।
म एउटा देशको नागरिक हुँ,
देशलाई माया गर्ने तागत मेरो हो,

आफ्नै हातले भविष्य लेख्ने
आशा र भरोसा मेरो हो।
म एउटा देशको नागरिक हुँ,
पढेर, लेखेर, सिकेर, सन्देश दिन सक्छु,
अन्धकारलाई टाढा धकेलेर
ज्ञानको दियो बाल्न सक्छु।
म एउटा देशको नागरिक हुँ,
देशकै लागि बलिदान गर्न सक्छु,
देश दुख्दा आँसु बग्छ
देश हाँस्दा खुसी छर्छु।
म एउटा देशको नागरिक हुँ,
भ्रष्टाचार र अन्यायसँग लड्छु,
सत्य र न्यायको बाटो समातेर
देशलाई गौरवमय बनाउँछु।
म एउटा देशको नागरिक हुँ,
भोलि बालबालिकाले गाउनेछन्
देश माया गर्ने गीतहरू,
त्यो गीतमा मेरो नाम पनि हुने छ।
म एउटा देशको नागरिक हुँ,
यो मात्र पहिचान होइन,
यो मेरो गौरव हो, मेरो धर्म हो,
देश र जनताको प्रेम नै मेरो कर्म हो।
लेखक दिपक सिंह धामी जनहित माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।