खाेज्नुहाेस

प्याब्सन गोदावरीद्धारा एक दिन शोक बिदा

Image

अत्तरिया– निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरीले एक दिन बिदा दिएको छ । काठमाण्डौमा जेन जी ले गरेको प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सन गोदावरी नगरसमितिले एक दिन शोक बिदा दिएको हो ।

navjiwan hospital

सोमबार प्याब्सन गोदावरी नगरकार्यसमितिले प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धा स्वरुप मंगलबार शोक बिदा दिईएको जनाएको छ । समितिका अध्यक्ष मदनराज जोशीले प्रदर्शनका क्रममा घटेको अप्रिय घटनामा ज्यान गुमाएका जेन जी हरुप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक बिदा दिईएको बताए । उनले विभिन्न शैक्षिक संगठनहरुको ऐक्यवद्धता अनुसार केन्द्रले आयोजना गरेको शोक बिदा गोदावरीमा पनि दिईएको बताए ।

add everest academy
attariya hospital

यसअघि प्याब्सनले २ दिन विदा दिईएको सूचना दिए  अनुसार समाचारमा दुई विदा उल्लेख गरिएकोमा पछी विदा एक दिन दिने पुनः सूचना गरे अनुसार समाचारमा पनि सच्याईएको छ । – सम्पादक