अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा हरिदत्त भट्टराई चयन भएका छन । बिहिबार विद्यालयमा बसेको भेलाले भट्टराईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

यसअघि यही भदौ १३ गते विद्यालयको नयाँ व्यवस्थापन समिति गठनका लागि अभिभावकका तर्फबाट चार जना प्रतिनिधि चयन भएका थिए । अभिभावक प्रतिनिधिको रूपमा भुवन भट्ट, यज्ञराज भाट, लोकराज भट्ट र यसोदा भट्ट चोखाल चयन भएका थिए । यस्तै वडाका तर्फबाट वडाध्यक्ष यज्ञ बहादुर महरा तथा नगरबाट मञ्जु साउँद र हरिदत्त भट्टराईलाई प्रतिनिधिका रुपमा पठाईएको थियो । प्रतिनिधिबाटै अध्यक्ष छनौट गर्ने प्रावधान अनुरुप भट्टराई सर्वसम्मत चयन भएका हुन ।


अध्यक्ष चयन भएसँगै विद्यालयले नयाँ विद्यालय व्यवस्थापन समिति पाएको छ । जसको सदस्यहरुमा प्रतिनिधि छनौट भएर आएका व्यक्तिहरु रहेका छन । वडाध्यक्ष महरा पदेन सदस्यका रुपमा रहेका छन भने सदस्य सचिवका रुपमा विद्यालयका प्रधानाध्यापक ललन प्रसाद चौबे रहेका छन ।

















