काठमाडौं । हिपहप कलाकार आशिष राना ‘लाउरे’का प्रशंसकलाई नयाँ खबर छ । उनी निर्णायक रहेको टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण १६ भदौदेखि प्रसारण हुनेछ ।

यसबाहेक, उनले तिहारमा नयाँ गीत ल्याउँदैछन् । यसको जानकारी उनले इन्स्टाग्रामबाट दिएका छन् । ‘काम हुँदैछ । नेपाली -यापलाई आफ्नै नेपाली म्युजिकसँग मिश्रण गर्ने कोसिस गर्दै, मेरो अर्को गीत ‘तिहार गीत’को छोटो क्लिप स्टुडियोबाट’ उनले लेखेका छन् ।


उनको यो घोषणालाई लिएर फ्यान उत्साहित छन् । ‘केही पाक्दैछ’ भन्दै केही सामाजिक संजाल प्रयोगकर्ताले उनको उक्त भिडियोमा कमेन्ट गरिरहेका छन् ।
सन् २०२४ मा लाउरेले ‘रोड साइड रोमियो’ गीत ल्याएका थिए । सन् २०१८ मा उनले डिप्लो र विपुल क्षेत्रीसँग ‘स्टे ओपन’ गीतमा सहकार्य गरेका थिए । यो सहकार्यले उनलाई नेपालबाहिर पनि चिनायो ।

















