खाेज्नुहाेस

बझाङको जयपृथ्वी क्याम्पसमा पत्रकारिता विषयको पढाई सुरु हुदै

Image

बझाङ– बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसले पत्रकारिता विषयको अध्यापन सुरु गर्ने भएको छ । यही असोज देखी क्याम्पसले ४ वर्षे स्नातक तहमा पत्रकारिता विषयको अध्यापन सुरु गर्न लागेको हो ।

navjiwan hospital

जिल्लामा रहेको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको एक मात्रै आङ्गिक क्याम्पस जयपृथ्वीमा पत्रकारिता विषय अध्यापन सुरु गर्न लागेको सहायक क्याम्पस प्रमुख लाल बहादुर रोकायाले जानकारी दिए ।

add everest academy
attariya hospital

उनले पछिल्लो समय पत्रकारिता विषयमा विद्यार्थीहरुको आर्कषण बढेका कारण क्याम्पसले उक्त विषय अध्यापन गराउन लागेको बताए । उनले क्याम्पसमा उक्त विषय अध्यापन भए सो क्षेत्रका विद्यार्थीहरुले पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता कमी हुने विश्वास व्यक्त गरे ।

बोहराका अनुसार अहिले पनि बजारमा पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोले स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरु गरिएको हो । सही पत्रकारिताले मात्र समाजलाई सही बाटोमा लैजान सक्ने उनको बुझाइ छ । उनले पत्रकारितामा स्थापित र पत्रकारिता शिक्षामा अनुभवी प्राध्यापकहरूबाट पठनपाठन हुने बताए ।