खाेज्नुहाेस

‘३६ को आँकडा’ मा पूजासँग जोडी बाँध्दै पुष्प, २ वर्षपछि फिल्ममा फर्किदै

Image

काठमाडौँ । सवीर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’मा मुख्य कलाकारको ‘लाइनअप’ पूरा भएको छ । रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठीपछि अब फिल्ममा अभिनेता पुष्प खड्का भित्रिएका छन् । उनीसँग निर्माण पक्षले यसै साता लिखित सम्झौता गरेको हो । फिल्ममा पुष्पको जोडी पूजासँग बाँधिनेछ । पहिलो पटक उनीहरू जोडी भएर फिल्ममा एकसाथ देखिन लागेका हुन् ।

navjiwan hospital

पुष्पले फिल्ममा काम नगरेको दुई वर्ष भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘मनसँग मन’ थियो, जुन २०२३ मा रिलिज भएको थियो । यसपछि म्यूजिक भिडियोमा बढी केन्द्रित भएका पुष्प अब भने वर्षमा २–३ वटा फिल्ममा काम गर्ने सोचमा छन् । पुष्प भन्छन्, ‘अब यति लामो ‘ब्रेक’ लिन्नँ । सम्भवतः यस वर्ष २–३ वटा फिल्ममा काम गर्न सक्छु । सुरुमा ‘३६ को आँकडा’ गर्नेछु ।’

add everest academy
attariya hospital

यो फिल्मको शनिबार कृष्ण जन्माष्टमीको अवसर पारेर शुभसाइत गरिँदैछ । छायांकन भने सोमबारबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्मले दुश्मनजस्तै रहेका दिदी–बहिनीको सम्बन्धलाई हास्य शैलीमा देखाउनेछ । रेखा र पूजाले दिदी–बहिनीको भूमिका निभाउनेछन् । यो उनीहरूको दोस्रो सहकार्य हो । एक वर्षअघि उनीहरूले फिल्म ‘उपहार’मा एकसाथ काम गरेका थिए ।

निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा बाबुराम निरौला र शिवम् अधिकारीको संयुक्त लेखन रहेको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा गरिने जनाइएको छ । फिल्मलाई आगामी नयाँ वर्ष (२०८३) को छेको पारेर चैत २७ गते प्रदर्शन गर्ने तयारी गरिएको छ । यो मितिमा अन्य दुई फिल्म ‘मितज्यू’ र ‘राम नाम सत्य’ पनि आउँदैछन् ।