खाेज्नुहाेस

गोदावरीमा आधुनिक आर्यघाट निर्माण गरिँदै, अटोमेटिक फल्सिङ जडान गरिने

Image

अत्तरिया – कैलालीको गोदावरीमा आधुनिक आर्यघाटको निर्माण कार्य अघि बढेको छ । नदीमा पानी नहुँदा शव दाहसंस्कारमा हुने समस्यालाई मध्यनजर गरेर अटोमेटिक फल्सिङ गर्न मिल्ने आर्यघाट निर्माण गर्न लागिएको हो । जसका लागि पुरानो आर्यघाट रहेकै स्थानमा ७ वटा शव दाहसंस्कार स्थल निर्माण गरिँदै छ । गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले आर्यघाटमा अटोमेटिक फल्सिङ गर्न मिल्ने गरी डिजाइन गरिएको बताए । उनले अटोमेटिक सिस्टम भएकाले आर्यघाटमा फोहर मैला पनि कम हुने बताए ।

नेपाल सरकारको प्रयर्टन मन्त्रालय मार्फत निर्माण हुन लागेको आर्यघाट निर्माणका लागि जगदम्बा भवानी जेभी सँग २ करोड १० लाखमा ठेक्का सम्झौता गरिएको छ । आर्यघाट निर्माणका लागि २०८१ वैशाख ३ गते सम्झौता गरिएकोमा २०८२ असार १५ गते म्याद सकिँदै छ ।

add everest academy
attariya hospital

इन्जिनियर कुँवरले आर्यघाटको हाल ३० प्रतिशत काम सम्पन्न भएको बताए । उनले फाउन्डेसनको काम सकिएकाले निर्माण व्यवसायीले तोकिएको समय भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताए । आर्यघाटका लागि आवश्यक पानीको लागि सोही योजना अन्तरगत ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको उनले बताए । उनले भने ‘उक्त ट्याङ्कीबाट सिधै पाइप जोडेर शव जलाउने ठाउँमा अटोमेटिक सफा गर्न मिल्छ भने चिहानबाट निस्किएको फोहोरहरू पाइपबाट फल्स गरेर सिधै खोलामा बगाउन मिल्छ ।’ उनले शव जलाउने काम भने दाउराबाटै हुने बताए ।

navjiwan hospital

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले खोलामा पानी नहुने भएकाले आधुनिक आर्यघाटको निर्माण पछि सहजता हुने बताए । ‘गोदावरी धार्मिक रूपमा आस्थाको केन्द्र हो । यहाँ ६ वटा पालिकाका मानिसहरू शवको दाहसंस्कार गर्न आउन्छन’ उनले भने ‘मेरो पहिलो प्राथमिकतामा यो आर्यघाट व्यवस्थित गर्नु थियो ।

attariya technical collage

सोही अनुसार आर्यघाट आउने बाटो निर्माण गरेका थियौ भने अहिले संघ सरकार सँग समन्वयन गरेर आधुनिक आर्यघाट निर्माण गरिरहेका छौ ।’ उनले आर्यघाट निर्माण भएमा खोलामा पानी नभए पनि सजिलै दाहसंस्कार गर्न सकिने बताए । उनले आर्यघाट सञ्चालनका लागि नगर परिषद्बाट कार्यविधि बनाइने बताए । उनले परियोजना अन्तरगत नुहाउनको लागि पानीका धारा पनि निर्माण गरिने बताए ।

स्थानीय हरि भट्टराइले लामो समय देखि माग भए पनि आर्यघाट व्यवस्थापन हुन नसकेकोमा अहिले ठुलो योजना आउनु गौरवको कुरा भएको बताए । उनले छिमेकी पालिकाबाट पनि गोदावरीमा शव आउने भए पनि गोदावरी बाहेक कुनै पालिकाले व्यवस्थापनको जिम्मेवारी नलिएको अवस्थामा आधुनिक आर्यघाट निर्माण भएमा सहज हुने बताए ।

‘यो आर्यघाट निर्माण भएपछि गोदावरी सहित छिमेकी पालिकाले पनि लाभ उठाउने छन्’ उनले भने ‘आर्यघाट बनेपछि पहिला भन्दा सहज हुने विश्वास लिएका छौ ।’ उनले नदीमा पानी खोज्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको बताए । यसको व्यवस्थापन, सञ्चालनका लागि छिमेकी पालिकाले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।