अत्तरिया – कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कारखानामा तालाबन्दी गरिएको छ । यसअघि डीडीसीको कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरूले बुधवार कारखानामा तालाबन्दी गरेका हुन ।



डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको एक हप्ता भइसक्दा पनि समन्वय र छलफलका लागि डीडीसीका तर्फबाट चासो नै नदिएको भन्दै कारखानामा पनि तालाबन्दी गरिएको बताइएको छ ।
डीडीसी अत्तरियामै राख्नका लागि गठन गरिएको सङ्घर्ष समिति संयोजक लोकराज पाण्डेय आगोले पहिलो दिन १ घण्टाका लागि कारखानामा तालाबन्दी गरिएको बताए । उनले माग पूरा नभए बिहीबार (भोलि) बिहान ९ः३० देखि एक घण्टा चक्का जाम गर्ने र कारखानामा पूर्ण रूपमा ताला लगाइने समेत बताए ।


















