खाेज्नुहाेस

अत्तरियामा रहेको डीडीसीको कार्यालयमा तालाबन्दी

Image
navjiwan hospital

अत्तरिया- कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार स्थानीयहरूको समूहले डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको हो ।

त्यस अघि आयोजनाका कार्यालय प्रमुख निराञ्जन  भट्टराईलाई स्थानीयहरूले कार्यकक्षमै एक घण्टा थुनेका थिए । गोदावरी नगरपालिका- १ का वडाध्यक्ष एवम् नगर प्रवक्ता गोपाल दत्त भट्टसहितको टोलीले डीडीसी कार्यालयमा तालाबन्दी गरेको हो । डीडीसीका लागि जग्गा खोजीको प्रक्रिया चलिरहँदा पनि कसैलाई जानकारी नै नदिई सार्ने सम्झौता गरिसकेकाले कार्यालयमा तालाबन्दी गरिएको वडाध्यक्ष भट्ट ले बताए ।

add everest academy
attariya hospital