खाेज्नुहाेस

अत्तरियामा रहेको डीडीसीका प्रमुखलाई स्थानीयले १ घण्टा कार्यकक्षमै थुने

Image

अत्तरिया- कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) का प्रमुख निराञ्जन  भट्टराई कार्यकक्षमै थुनिएका छन् । बिहीबार अत्तरियामा रहेको दुग्ध वितरण आयोजना धनगढी सार्ने चलखेल गरिरहेको भन्दै स्थानीयहरूले भट्टराईलाई करिब एक घण्टा कार्यकक्ष भित्रै थुनेका हुन ।

navjiwan hospital

अत्तरियामा डीडीसीका लागि जमिन कम भएको भन्ने गुनासो आएपछि नगरप्रमुख सहितको स्थानीयहरूको टोलीले आयोजनाका प्रमुख भट्टराई सँग छलफल गरेको थियो । छलफलमा जग्गा खोजी गर्ने भन्दै वडाध्यक्ष भट्टको संयोजकत्वमा समिति गठन गरिएको थियो । डीडीसीका लागि अत्तरियामै जमिन खोज्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा र जग्गाको जोहो भैसकेको अवस्थामा पनि आयोजनाका प्रमुखको मिलेमतोमा धनगढी सार्ने सम्झौता भैसकेको सुन्नमा आएकाले पहिलो दिन प्रमुखलाई एक घण्टा जति कार्यकक्षमा नै थुनेको वडाध्यक्ष भट्टले बताए ।

add everest academy
attariya hospital

उनले आगामी आर्थिक वर्षभित्रमा डीडीसीका लागि जमिन लिखित रूपमै दिने प्रतिबद्धता व्यक्त गर्दै नमानेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरू गरिने समेत बताए ।