खाेज्नुहाेस

गुपचुप डीडीसी धनगढी सार्ने सम्झौता भएपछि लफडा

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्ने सम्झौता गरिएपछि स्थानीयले डीडीसी कार्यालय पुगेका छन् । स्थानीयले गुपचुप सार्ने सम्झौता गरेको भन्दै कार्यालयमा पुगेपछि लफडा भएको छ ।

ठाउँ अभावका कारण अत्तरियामा रहेको डीडीसी धनगढी सार्ने तयारी गरिएपछि यसै क्षेत्रमा जग्गा खोज्न गोदावरी नगरपालिका – १ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरिएको भए पनि उक्त समितिले जग्गा खोजीको काम जारी रहेका बेला खुसुक्क सार्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका हुन ।

add everest academy
attariya hospital
navjiwan hospital

अहिले जग्गा खोज्न बनेको कार्यदलका अध्यक्षता सहित स्थानीय कार्यालयमा पुगेका छन् । स्थानीयले सार्ने सम्झौता माग गरेका छन्।

तर, कार्यालयले सम्झौता पनि नदेखाएको संयोजक गोपाल दत्त भट्टले बताए । उनले सूचनाको हक प्रयोग गर्दै सूचना माग गरिएको भए पनि आनाकानी गरिएको बताए ।

अहिले स्थानीयले हाकिमलाई थुनेर नाराबाजी गरिरहेका छन् ।

attariya technical collage