खाेज्नुहाेस

मनोमञ्जन उद्यान निर्माण गर्न महायज्ञ 

Image
अत्तरिया – शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्ने योजना सहित महायज्ञ  आयोजना गरिएको छ । कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको उक्त क्षेत्रमा आध्यात्मिक आनन्द प्राप्त गर्ने उद्देश्यका साथ श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गरिएको हो ।
add everest academy
attariya hospital
प्रकटेश्वर शिव मन्दिर व्यवस्थापन समितिले मंगलबार देखि सुरु गरेको महायज्ञबाट सङ्कलन रकमले उक्त उद्यान निर्माण गर्ने परिकल्पना गरिएको स्थानीय एवम् जय गोदावरी अभियन्ता विष्णु जोशीले बताए ।
उनले उद्यानमा बिरक्तिएका, बहकिएका  मनहरूलाई आनन्द प्राप्त हुने बताए ।
attariya technical collage
‘फूलहरूले सुसज्जित भएको आध्यात्मिक पार्क जहाँ ज्ञान, विज्ञान र आनन्दका कुरा हुनेछन् । जहाँ सुख, खुसीका कुरा हुनेछन्’ उनले भने ‘त्यस्तो खालको बिरक्तिएको मनहरूलाई, बहकिएका  मनहरूलाई आनन्द प्राप्त गर्न सक्ने एउटा पार्कको हामीले परिकल्पना गरेका छौ ।’
उनले महायज्ञबाट सङ्कलन भएको रकमबाट पार्कको भूगोल क्षेत्रलाई सिँगार्ने, वरिपरि घेर बार गर्ने, यसको गेट बनाउने, भित्र गार्डेन बनाउने, मनोमञ्जन, भजन कीर्तनको भवन बनाउने जस्ता ठुलो काम गर्ने योजना बनाएको बताए ।
navjiwan hospital
महायज्ञको मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले गोदावरी आफैमा एउटा पवित्र भूमि भएकाले यस क्षेत्रमा आरोग्य तथा आध्यात्मिक उद्यान निर्माणले झनै भूमि पवित्र हुने बताए ।
‘यो गोदावरी आफैमा एउटा पवित्र भूमि हो, यसको नामबाट नै हाम्रो गोदावरी नगरपालिकाको नामकरण भएको छ’ उनले भने ‘यस्ता कार्यक्रमले सकारात्मक सोच विकासका लागि टेवा पुग्छ, यसले भूमिको पनि पूजन हुन्छ, शुद्धीकरण हुन्छ, हाम्रो समाज पनि अगाडि बढ्छ ।’ उनले यस्ता कार्यक्रममा युवालाई जोड्न आवश्यकता रहेको बताउँदै लालपुरमा आरोग्य तथा आध्यात्मिक उद्यान स्थापनाका लागि महायज्ञ आयोजना गरिनु सह्रानीय कार्य भएको बताए ।
‘हाम्रो ठाउँको विकास गर्नु छ भने हामी सबैको योगदान हुनु आवश्यक छ’ उनले भने ‘यो राम्रो कामका लागि म मेरो तर्फबाट २५ हजार दिने बाचा गर्दछु ।’ उनले ज्ञान भूमि, आनन्द भूमि बनाउने योजनाका लागि नगरपालिकाबाट पनि आगामी आर्थिक वर्षको बजेटमा छलफल गर्ने बताए । उनले बजेटको कमी भएमा प्रदेश सरकार सँग आग्रह गर्न पनि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रकटेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक खडक ओलीले उद्यान निर्माण र मन्दिरको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । ‘यो ठाउँ निकै पछि परेको क्षेत्र थियो । यहाँ हिँड्नै समस्या थियो । अहिले यो बिस्तारै माथि उठिरहेको छ’ उनले भने ‘यो महायज्ञले यसको विकासमा थप टेवा पुग्ने छ ।’
यही वैशाख २९ गतेसम्म लाग्ने महायज्ञको प्रमुख कथा वाचकका रूपमा नेपाली भाषाका शृङ्गारिक प्रखर कथा वाचक अध्युत शरण महाराज (धिताल) रहेका छन् भने यज्ञाचार्य पण्डित हरेन्द्र प्रसाद जोशी रहेका छन् । यस्तै बाल संस्कार अभियन्ता समीक्षा दास गिरीले पनि वाचन गर्ने कार्यक्रम रहेको छ ।