खाेज्नुहाेस

पुर्वतयारीका लागि पुर्वसूचना दिन कलर कोडसहितको गेजमिटर निर्माण गरिँदै

Image

अत्तरिया– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली नदीमा कलर कोडसहितको गेज मिटर निर्माण गरिँदै छ । जल तथा मौसम विज्ञान विभाग अन्त्रगतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले उक्त गेज मिटर निर्माण गरिरहेको हो ।

गेज मिटर स्थापना भए नदीको जलस्तर सहजै रूपमा थाहा पाउन सकिने महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले बताए । उनले नदीमा बाढीको पूर्व सूचनामा सहजता ल्याउनका लागि पनि गेज मिटर निर्माण गर्न लागिएको बताए ।

add everest academy
attariya hospital

‘महाकाली नदी फोर लाइन ब्रिजमा हामीले पहिलेदेखि नै जल मापन केन्द्र स्थापना गरिसकेका छौ’ उनले भने ‘अहिले आएर जनताले पनि सजिलैसँग बुझ्ने गरी दुवै तिरको ब्याङ्कमा कलर कोड गरी हामी स्ट्याबलिस गर्दैछौ ।’

navjiwan hospital

उनले शनिवार प्राविधिक टोली लगेर सर्भेको काम सकिएको र कलर कोडको काम २÷३ दिनभित्र सकिने बताए । उनले महाकालीमा कलर कोडको काम सकिएपछि जोगबुडामा पनि विस्तार गर्ने योजना रहेको बताए । उक्त क्षेत्रमा गेज स्केलहरू यसअघि नै राखिएको भए पनि सर्वसाधारण जनतालाई नदीमा पानीको बहाव बढी हुने र बाढी आउने सङ्केत सहज रूपमा जानकारी दिन कलर कोड राख्न थालिएको उनको भनाई छ । ‘कलर कोडको काम भोली पर्सी सम्म सकिन्छ होला, त्यसपछि हामीले जोगबुडामा पनि विस्तार गर्ने योजना छ’ उनले भने ‘त्यसमा सहयोग गैर सरकारी संस्थाको पनि छ, स्थानीय सरकारको पनि छ ।’

उनले खोलामा राखिएको गेज स्केलले सतह बढेको र घटेको मात्रै जानकारी दिने भए पनि कलर कोड सहितको गेज मिटरले भने चेतावनी तह तथा खतरा तहहरू समेत देखाउन सक्ने बताए । उनका अनुसार हाल महाकाली नदीको चार लेन पुलमा कलर कोड सहितको गेज मिटर राखिँदै छ भने आगामी केही दिन भित्रै जोगबुडामा पनि सुरु गरिनेछ ।

attariya technical collage

खोला तथा नदीको बाढीबाट प्रभावित हुने समुदायका लागि उक्त कलर कोड सहितको गेज मिटर लगाउन थालिएको उनको भनाई छ । ‘बाढीबाट बच्न पुर्वतयारीका लागि पुर्वसूचना प्रदान गर्ने हेतुले उक्त गेज मिटर स्थापना गर्न खोजिएको छ’ उनले भने ‘यसबाट पढेलेखेको नभए पनि आँखाले कलर मात्रै पनि छुट्याउन सक्ने व्यक्तिले पनि बाढी तथा नदीमा पानीको स्तरका बारेमा जानकारी पाउन सक्छ ।’

उनले निर्माणका लागि धेरै आर्थिक लगानी नलाग्ने भएकाले गैर सरकारी संस्थाहरूले आफूहरूलाई सहयोग गरिरहेको बताए । उनले कलर कोडको पहिचानका लागि गैर सरकारी संस्थाहरूको सहयोगमा समुदाय तथा स्थानीय निकायहरूमा जनचेतनामूलक गोष्ठी तथा छलफल कार्यक्रम राखिने बताए ।

उनका अनुसार उक्त मिटरले नदीको सतहअनुसार बाढीको जोखिम सङ्केत गर्न हरियो, पहेँलो, सुन्तला र रातो रङमार्फत जानकारी दिइनेछ । जसमा हरियो रंगले न्यून जोखिमको सङ्केत गर्नेछ भने पहेँलो रङले चेतावनी तह आएको वा मध्यम जोखिम सङ्केत गर्नेछ । यसै गरी सुन्तला रङले अब चाहिँ खतरा आइसक्यो भन्ने जनाउनेछ भने रातो रङले खतरा आइसकेको सङ्केत गर्ने शाहले बताए ।