खाेज्नुहाेस

धनगढीले ल्यायो २ अर्ब १८ करोडको बजेट

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ लागि कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।

navjiwan hospital

आगामी आर्थिक वर्षको बजेट धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले सार्वजनिक गरेकी हुन् । जसमध्ये कुल खर्चमा चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ र पूँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार १०२ रपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

attariya hospital

आयततर्फ आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार ६६५, राजस्व बाँडफाँड अन्तर्गत आयमा ४८ करोड २९ लाख ५४ हजार ७८५, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) एक अर्ब एक करोड ८७ लाख २६, अन्तर सरकार वित्तीय हस्तन्तरण (प्रदेश सरकार) ८ करोड २८ लाख २८ र सरी आएको मौज्दात २३ करोड २७ लाख ४६ हजार ७७० गरेर कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २३० रुपैयाँ बजेट प्रस्तुत गरिएको हा े।