अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले भोलि (आइतबार) नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि भोलि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रम सभा अत्तरियामा रहेको नमस्ते होलटको सभाहलमा बिहान १० बजे हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीले जनाएका छन ।

यसैबिच नीति तथा कार्यक्रम सार्वजनिक गरेको दिन आइतबार पालिकाको सेवा प्रवाह बन्द हुने जनाइएको छ ।

















