अत्तरिया – आज सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउँदैछ । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१/०८२ के बजेट प्रस्तुत गर्दैछन् ।

बैठक आज ४ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

















