काठमाडौँ- शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।