काठमाडौँ- सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको छ । आज सुनको मूल्य ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।