
काठमाडौँ- शुक्रबार फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य तोलाको एक लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



















