
काठमाडौँ- आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो ।
सुनको आजको मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



















