काठमाडौँ- सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।