
काठमाडौँ- सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो भने तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



















