काठमाडौँ- सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य सात सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार सात सय ४५ रुपैयाँ कायम भएको छ ।