काठमाडौँ- सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ ।
हिजो एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ कायम भएको छ ।