
काठमाडौँ- सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज एक लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
हिजो सुन तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

















