
काठमाण्डौँ- आज एकैदिन सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

















