
काठमाडौँ- सोमवार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रवार सुनको मूल्य तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















