
काठमाडौँ- सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा सात सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


















