काठमाडौँ- सुनको मूल्य एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।