सुदूरपश्चिममा गौराको मुख्य दिन अठ्यावाली मनाइयो

अत्तरिया – सुदूरपश्चिम गौराको मुख्य दिन शनिबार दुर्गाष्टमी अर्थात् अठ्यावाली मनाइएको छ । शुक्रबार साँझ गौराघरमा भित्र्याएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गरेर अठ्यावाली मनाएका हुन ।

maya metro hospital

व्रतालु महिलाहरुले बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले दिनभरी फाग गाएर बिरुडाले गौरादेवीको पूजा गरेका छन । गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि महिलाहरुले धारण गरेका छन् । तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।

attariya hospital

गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रशंग व्रतालु महिलाहरुले फागमार्फत नै भन्ने गरेका छन् ।

व्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु र दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् ।

महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.