नेपाल आर्मीलाई पराजित गर्दै एम्पुटी फुटबलको उपाधि सगरमाथालाई 

विकास सिंह महता, काठमाडौँ – अपाङ्गता भएका व्यक्तिहरूले खेलिने एम्पुटी फुटबल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल क्लबले जितेको छ ।  शनिवार भएको फाइनलमा सगरमाथाले नेपाल आर्मीलाई सटन देथमा हराउँदै  उपाधि जितेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएको थियो । उक्त खेल ट्राई बेकरमा गएको थियो । ट्राई बेकरमा ३–३ गोलको बराबरी सँगै सटन देथमा सगरमाथाले उपाधि जितेको हो । प्रतियोगिता उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका प्रकाश बस्नेत भएको छन् भने उत्कृष्ट गोलरक्षक विकास सिंह महता घोषित भएका छन् ।
एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता अन्तर्गत एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता च्यासल रङ्गशाला ललितपुरमा असार २१ गते शुक्रवारबाट सुरु भएको थियो ।
शनिवार तेस्रो स्थानका लागि पिस युनाइटेड र राइजिङ फुटबल क्लब बिच बिहान ९ बजे भएको खेलमा पिस युनाइटेडले ३–१ गोलको अन्तरले राइजिङ फुटबल क्लबलाई हराउँदै प्रतियोगिताको तृतीय स्थान हासिल गरेको आयोजकले बताएको छ ।
समापन कार्यक्रमका सभापति एम्पुटी खेलकुद समाज, नेपालका अध्यक्ष मदन मन सिङ रोकाया प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् सदस्य एवम् पारा तथा विशेष खेलकुद प्रतियोगिता संयोजक पेमा डोल्मा लामा र अतिथिमा प्रशिक्षक चक्र तामाङ  रहेका थिए । उक्त प्रतियोगिताको पुरस्कार प्रमुख अतिथि डोल्मा लामाले हस्तान्तरण गरेका थिए ।
आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पारा राष्ट्रिय खेलकुदलाई पनि विशेष रुपमा छुट्टै प्रतियोगिता आयोजना हुने हुँदा तयारी गर्नु पर्ने र यस्ता खालका पारा विशेष लाई मध्यनजर गर्दै आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्ले गर्ने सहयोग निरन्तर रहनेछ । जसमा पारा ओलम्पिक कमिटीका दुई धार एउटै धारमा आउन समेत प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् सदस्य एवम् पारा तथा विशेष खेलकुद प्रतियोगिता संयोजक पेमा डोल्मा लामा आग्रह गरे ।
सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो । समाजले गरेको यो तेस्रो फुटबल प्रतियोगिता हो ।
maya metro hospital
lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.