बेलौरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध

कञ्चनपुर – कञ्चनपुरको बेलौरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । बेलौरीको मैनाहा – चानदेव सडक खडकखण्ड अन्तर्गत ३३ केभी लाइनमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो ।

maya metro hospital

बेलौरी विद्युत केन्द्रले पानी परिरहेकाले विद्युत लाईन सुचारु गर्न समस्या भएको जनाएको छ । बिजुलीको तारमा रुख ढल्दा ६ पोलका तार चुडिएका छन ।

सो क्षेत्रमा बुधबार बिहानै देखि वर्षा भइरहेको छ । वर्षा रोकिएपछि मर्मतको काम हुने केन्द्रले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.