मार्तडी–कोल्टी सडक अवरुद्ध

बाजुरा – बाजुराको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक मंगलबार रातिदेखि अवरुद्ध भएको छ । मंगलबार बिहानदेखि लगातार आएको अविरल वर्षाका कारण बडिमालिका नगरपालिका– ७ जिल्लीमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

maya metro hospital

मंगलबार मध्यरातिबाट लगातार मुसलधारे वर्षा भएपछि मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने जिल्लामा सडकमाथिबाट पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालबहाक सवारीसाधन ठप्प बन्द भएको उनले बताए ।

कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको छ । पहिरो बग्न थालेपछि उक्त क्षेत्रमा मानिसलाई समेत आवतजावत गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.