गड्डाचौकीमा भारतीय सीमा सम्म सडक कालोपत्रे

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकीमा भारतीय सीमासम्मै सडक कालोपत्रे गरिएको छ । यसअघि भारतले अवरोध गर्दै आएको सो सडक कालोपत्रे गरिएको हो । ७ नम्बर सीमा पिल्लरदेखि पूर्वतिर नेपालतर्फ कालोपत्रे सडक निर्माण गरिएको भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले बताए । भीमदत्त नगरपालिकाको मागअनुरूप सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट दिएको बताए ।

maya metro hospital

भारतीय पक्षले पश्चिमदेखि पूर्वतिर ७ नम्बर सीमा पिल्लरसम्मै यसअघि कालोपत्रे गरिसकेको थियो । नेपालतर्फ सीमा पिल्लरदेखि ६ लेन सडकसम्म झन्डै तीन सय मिटर सडक कालोपत्रे गरिएको छ ।

भारतीय पक्षले आफ्नोतर्फ धमाधम सडक निर्माण गर्ने, तर नेपालतर्फ कालोपत्रे मात्रै नभई सामान्य सडक मर्मत गर्दासमेत अवरोध गर्दै आएको थियो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत चालू आर्थिक वर्षमा खगेन्द्र एन्ड सिंह बिल्डर प्रालिले २३ लाखमा उक्त तीन सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो ।

attariya hospital

सडक कालोपत्रे भएसँगै नेपाल–भारत दुवै देशका यात्रुहरूलाई सहज भएको छ । यसअघि नेपालतर्फ कच्ची सडक हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.