धनगढीबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ

अत्तरिया – कैलालीको धनगढीबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जोडी पक्राउ परेका छन । मंगलबार राती धनगढी उप–महानगरपालिका – ७ मनेहराको एक होटलबाट २ महिला र २ पुरुष पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका – १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका – १० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीय महिला र धनगढी उप–महानगरपालिका – १८ की १८ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले पक्राउ पर्ने र होटको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकालाई आवश्यक कारवाहीको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.