कैलालीबाट लागूऔषध सहित पवन र दिपा पक्राउ

अत्तरिया – कैलालीबाट लागूऔषध सहित प्रहरीले दिपा बिष्ट (साउँद) र पवन गुप्तालाई पक्राउ गरेको छ । प्रहरीले दिपालाई चिसापानी र पवनलाई धनगढीबाट पक्राउ गरेको हो ।

Karma Consultancy

मंगलबार साँझ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका – ३ चिसापनीबाट स्थानीय ३१ वर्षीय दिपालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीको भनाइ छ ।

citizen security services

यस्तै मंगलबार नै वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – १ अस्पताल लाईनबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ २४ वर्षीय पवनलाई पक्राउ गरेको हो । उनको साथबाट ६६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.