गोठमा आगलागी हुँदा खसीको मृत्यु

अत्तरिया – बैतडीमा गोठमा आगलागी हुँदा एक खसीको मृत्यु भएको छ । मंगलबार सुर्नया गाउँपालिका –३ डुङ्ग्रीका हिक्मत ऐरीको गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मृत्यु भएको हो ।

maya metro hospital

आगलागीबाट गोठमा रहेको काठ, खर लगायतका सामानहरु गरी १ लाख २० हजारको क्षती भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.