काठमाडौँ- थापाथलीको बागमती पुलमुनि एक पुरुषको शव फेला परेको छ । प्रहरीले अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको बताएको छ ।


सोमबार भेटिएको उक्त शवको प्रकृति हेर्दा सहज मृत्युजस्तो नदेखिएको र पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार उक्त शव नदीले बगाएर ल्याएको थियो । पुलमुनि आएर अड्किएपछि प्रहरीले निकालेको हो ।
