अत्तरिया क्षेत्रमा गयराती ९५ मिलिलिटर वर्षा, किसानलाई रोपाई गर्न सहज

अत्तरिया – कैलालीको अत्तरिया आसपासका क्षेत्रमा गयराती भारी वर्षा भएको छ । लामो समयको खडेरीपछि सोमबार राती यस वर्षकै धेरै वर्षा भएको हो । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार राती ९५.५ मिलिलिटर वर्षा भएको छ । जुन यस वर्षकै धेरै भएको कार्यालयका मौसम विज्ञान सहायक सिंघम चौधरीले बताए । यसअघि असार ८ गते २६.५ मिलिलिटर वर्षा भएको थियो । त्यसपछि मनसुन भित्रिएको बताइए पनि वर्षा हुन सकेको थिए । जसका कारण असारमा धान रोप्न आकाशे पानीको प्रतीक्षामा रहेका किसान समस्यामा परेका थिए ।

maya metro hospital

सोमबार राती पानी परेपछि आज धेरै किसानले रोपाइ गर्न पाएका छन् । पानी परेपछि रोपाइ गर्न सहज भएको गोदावरी नगरपालिका – १ का किसान गोपाल नाथले बताए । पानी नपरेका कारण धानको बेर्ना तयार भएर पनि रोपाई गर्न नसकिरहेका उनले रातीको पानीले किसानलाई राहत मिलेको बताए ।

गयरातीको वर्षाले कैलालीका नदीहरूमा पानीको बहाव समेत बढेको छ । लामो समय देखि जमिन सुख्खा भएकाले धेरै वर्षा हुँदा पनि बाढी नआएको मौसम विज्ञान सहायक चौधरीले बताए । अत्तरिया क्षेत्रमा मंगलबार बिहान पनि छिटपुट वर्षा भएको थियो । दिउँसो पानी नपरे पनि आकाश भने बादलले ढाकिएको छ ।

attariya hospital

जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु भएकाले नदीहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.