पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा- सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका-३ खोरियाटोलका शुशील मण्डलका छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।

maya metro hospital

सोमबार रातिदेखि हराइरहेका दुवै बालक मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृतावस्थामा फेला परेका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.