बैतडीका नवराज ७ दिनदेखि बेपत्ता

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका-७ खेतागाउँ घर भएका ४४ वर्षीय नवराज भट्ट ७ दिनदेखि बेपत्ता छन् । उनी यही असार १२ देखि बेपत्ता रहेका बताइएको छ ।

maya metro hospital

खेतागाउँबाट लौडेला भन्ने ठाउँमा जान्छु भनी गएका भट्ट अझै घर नफर्केका उनका भाइ पदम भट्टले बताए । ७ वर्षदेखि बेपत्ता रहेका भट्ट गएको वर्षमात्रै घर फर्केका थिए । मानसिक समस्या भएका उनी घर फर्केको वर्षदिनमा फेरि बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ ।

उनलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा ९८४२८९७००८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.