सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना

अत्तरिया- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

maya metro hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.