अत्तरिया – कैलालीको गोदावरीमा एक महिलाको शव फेला परेको छ । सोमबार राती गोदावरी नगरपालिका – ८ स्थित खुटिया खोलाको बिच भागमा महिलाको शव फेला परेको हो ।
उनको नाम थर नखुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ती महिलाको शव दाहिने खुट्टा जनावरले खाएको जस्तो देखिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले गाडेको शव जनावरले खाएको जस्तो देखिएको बताए ।
शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धीत समाचार : कैलालीमा एक महिला मृत फेला
