कञ्चनपुरबाट एक जना पक्राउ

अत्तरिया- कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । वेदकोट नगरपालिका-२ दैजी बस्ने लोकेन्द्रबहादुर रोकाया पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई जिल्ला अदालतको २०७३ माघ १३ गतेको फैसलाले वन अतिक्रमण मुद्दामा ५ महिना ५ दिन कैद र १० हजार रुपैयाँ जरिबाना तिर्न बाँकी भई फरार रहेका थिए ।

उनलाई आज पक्राउ गरी जिल्ला अदालत पेश गराई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.