कञ्चनपुर- कञ्चनपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टरसहित चालक पक्राउ परेका छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका-८ स्थित धारापानी खोलाबाट अवैध रुपमा ढुङ्गा लोड गरिरहेको अवस्थामा सुपप्र ०१-०२ त ५८७४ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

सोही वडा बस्ने चालक ३० वर्षीय लक्ष्मण चौधरीलाई ट्याक्टरसहित नगरपालिकामा बुझाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुडाऐरले बताए ।
