
खोटाङ- बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी बस्ने ५८ वर्षीय शम्भुप्रसाद घिमिरे १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार पक्राउ परेका हुन् ।
शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
