टीकापुरबाट २ क्वीन्टल माछा बरामद

अत्तरिया – कैलालीको टीकापुरबाट सशस्त्र प्रहरीले २ क्वीन्टल माछा बरामद गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कालाकुण्डाले भारतबाट लुकाइछिपाई नेपाल ल्याउदै गरेको अवस्थामा २ क्वीन्टल माछा बरामद गरेको हो ।

maya metro hospital

उक्त माछा आइतबार राती भारतबाट से २ प २४८ नम्बरको मोटरसाइकलमा ल्याउँदै गर्दा टिकापुर नगरपालिका – ९ स्थित ५०७ नम्बर पिलर नजिकैबाट बरामद गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कालाकुण्डाले जनाएको छ ।

बरामद गरिएका माछ सोमबार बिहान जनप्रतिनिधि, पत्रकार लगायतको रोहवरमा नष्ट गरिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.