जनकपुरधाम- धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।


सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजेतिर सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते सबैको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ । बस चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
