
काठमाडौँ- पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–५ इवरमा पहिरोले पुरिँदा ५ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो ।

प्रिन्स र उनका बुबा रमेशलाई आज बिहान पहिरोले पुरेको वडा नम्बर ५ का अध्यक्ष लाल हादुर चन्दले बताए । प्रिन्सको घटनास्थलमै मृत्यु भएको र घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए ।
