कञ्चनपुर- नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ ।

कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टको सोमबार निधन भएको हो । उनी “फारवेष्ट टाईम्स”का प्रकाशक तथा सम्पादक थिए । भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो ।

भट्ट सुदूरपश्चिम प्रदेशमा अफसेट प्रेस भित्राउने पहिलो व्यक्ति समेत हुन् ।